अभिनेता आर्यन सिग्देलको हातमा फिल्म नै फिल्म पर्न थालेको छ । हजार जुनी सम्म र चच हुइको रिलिज प्रतिक्षा गरिरहेका आर्यनलाई अहिले अफरको ओइरो लागेको छ । चकलेटी अभिनेताको रुपमा चिनिएका केही अभिनेताले फिल्म कम खेल्दा आर्यनको हातमा पनि फिल्म धेरै गएको हो ।

उनले निर्देशक दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको नयाँ लभ स्टोरी फिल्म साइन गरिसकेका छन् । उनले यो फिल्ममा दिपिका प्रसाँइसँग रोमान्स गर्नेछन् । यस्तै, उनले निर्देशक अमरदिप सापकोटाको निर्देशनमा बन्ने फिल्म पनि साइन गरेको वुझिन्छ ।

आर्यन भने अहिले चच हुइकै काममा बढी व्यस्त छन् । कुनै समय नम्बर १ स्थानमा हुदा धेरै फिल्म खेलेर आर्यनले स्टारडम घटाएका थिए । अहिले भने उनको डिमाण्ड फेरि बढेको छ ।

For More videos Log on to Mazzako TV