नायक निखिल उप्रेतीले आफ्नी साली सिवानी लुइटेललाई डेब्यु गराउन निर्माण गरेको चलचित्र कमिट्मेन्ट ६० आवर्स त बनेन । तर अब उनी फेरि अर्को चलचित्र आयो भैरे बनाउन तम्सिएका छन् । उनले यसै चलचित्रबाट निर्देशनमा पनि डेब्यु गर्दै छन् । पछिल्लो समयमा निखिलका चलचित्रले व्यवसायिक सफलता पाउन असफल भए ।

त्यसपछि उनी केहि समय रेस्टमा थिए । अहिले उनी आयो भैरे निर्माण र निर्देशन गर्ने तरखरमा छन् । चलचित्रको स्क्रिप्टको तयारीमा अहिले उनी व्यस्त छन् । काठ्माण्डौको एक प्रहरीको कथा प्रस्तुत गरिने चलचित्रमा निकिलले आफ्नै श्रीमती नायिका सञ्चिता लुइँटेलसँग स्क्रिन सेयर गर्न लागेको खबर बाहिरिएको छ ।

निखिल र सञ्चिताले विवाह अघि धेरै चलचित्रमा सँगै काम गरेका थिए । चलचित्रमा काम गर्ने क्रममा नै उनीहरूको प्रेम बसेर विवाह गरेका हुन् । निखिल र सन्चिताको जोडी पनि दर्शकले खुबै रूचाएको जोडी हो । अहिले दुवैको फिल्मी करियरलाई ओरालो लागेको छ । त्यसैले दुवैले सँगै काम गर्दा दुवैलाई फाईदा हुन सक्छ ।

श्रीमान श्रीमती एक अर्काको परिपूरक पनि हुन् । दुवै मिले घर व्यवहार राम्रो हुन्छ भनेझै दुवै मिलेर एउटा उत्कृष्ट चलचित्र बनाए कसो निखिल र सन्चिताको नाम फेरि नचम्किएला ।

For More videos Log on to Mazzako TV