आयुष्मान देशराज जोशी र शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ टीमले प्रचार प्रसारलाई तिब्रता दिएको छ । असारको २७ गतेबाट प्रदर्शन हुनलागेको फिल्म ‘सानो मन’ ले मोफसल प्रचार यात्रा सकिसकेको छ ।

म्यूजिकल लभस्टोरी जनरा मा निर्माण भएको फिल्मले एक कन्टेस्टको घोषणा गरेको छ । फिल्मको शिर्ष गीत गाएर भिडियो पठाउने मध्ये उत्कृष्ट एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउन पाउने निर्माण टीमले घोषणा गरेको हो ।

निर्णायकमा गायक क्षेत्री स्वयं छन् । उत्त उत्कृष्ट बनेका नयाँ प्रतिभालाई सानो मन टीमले भिडियो निर्माण गर्ने छ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो कन्टेस्टको घोषणा गरिएको बताईएको छ ।

शिर्ष गीतमा रोहितजोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द छ । सुयोग सोताङ्गले संगीत भरेका छन् । फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लाले छायांकन गरेका छन् । यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली छन्।

For More videos Log on to Mazzako TV