अभिनेत्री स्वस्तिमा खड्काको गतबर्ष खुबै चर्चा भयो । बुलबुलमा उनले निर्वाहा गरेको भूमिकाले पनि उनको चर्चा चुलिएको हो । स्वस्तिमाले बुलबुलमा निर्वाहा गरेको रणकला भूमिकाले उनलाई चर्चा मात्र दिएन, समिक्षक र दर्शकको नजरमा उत्कृष्ट कलाकार पनि बनाइदियो ।

उनै स्वस्तिमा अहिले श्रीलंकामा छिन् । श्रीलंकामा सुरु भएको सार्क फिल्म फेस्टिभलमा सहभागी हुन उनी सिनेमा प्रसादका निर्देशक दिनेश राउतसँगै श्रीलंकामा छिन् । बुलबुल सिनेमाको शो महोत्सवमा भैसकेको छ । यसैले पनि स्वस्तिमालाई यो बर्षको उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने आशा छ ।

अभिनेत्री गरिमा पन्तले झोला फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । स्वस्तिमा बुट्टेदार सारीमा महोत्सवमा सहभागी भएकी थिइन् ।

For More videos Log on to Mazzako TV