दशैमा रिलिज हुन लागेको फिल्म छ माया छपक्कैमा अभिनेत्री सुपुष्पा भट्ट भित्रिएपछि उनको चर्चा भयो । सिनेमाको छायांकन त सकिएको छ । तर, सुपुष्पाले किन यो फिल्म रोजिन् भन्ने चर्चा भने चलिरहेको छ ।

यसैविच, अभिनेत्री भट्टले सिनेमामा काम गर्नुको कारण बताएकी छिन् । सुपुष्पाले आफूले ब्यानर हेरेर नै सिनेमामा काम गरेको बताएकी हुन् । उनले आफूले पहिलेबाट नै दिपकराज गिरी र दीपाश्री निरौलाको फिल्मलाई फलो गरेको भन्दै ठूलो ब्यानरको सिनेमा गर्दा फाइदा हुने देखेर नै गरेको बताइन् ।

उनले आफ्नो भूमिका सानो भएपनि प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । सुपुष्पाले धेरै दर्शकले हेर्दा आफू पनि नोटिस हुने उल्लेख गरेकी छिन् । उनी रणवीर फिल्मबाट यो क्षेत्रमा आएकी थिइन् ।

For More videos Log on to Mazzako TV