फिल्म ‘सरौतो’ पहिलो गीत ‘कुले दाई’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । आउँदो कार्तिक २२ गतेलाई रिलिज हुने फिल्मको लोकलयमा आधारित गीतलाई राजन राज शिवाकोटीले तयार गरेका हुन् । गीतमा शब्द, संगीत र स्वर राजनको छ । गायनमा राजनलाई मिलन नेवारले साथ् दिएकी छिन् ।

गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंह फिचर्ड छन् । फिल्ममा कोरियोग्राफी निलिशा शाक्यको छ । सिनेम्याटोग्राफीमा धेरै काम गरिसकेका हरी हुमागाईंको ‘सरौतो’ डेब्यु निर्देशकिय फिल्म हो । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामांग लगायतको अभिनय छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

For More videos Log on to Mazzako TV