नायिका प्रियंका कार्कीले फिल्म मेकिङ्ग र स्क्रिप्ट लेखनमा अध्ययन गरेकी हुन् । मीस टिनको उपाधि जितेर केहि समय नेपालमै मोड्लिङ गरेर अमेरिका पढ्न गएकी उनले अध्ययन सक्काएर नेपाल फर्किए पछि धमाका नै गरिन् । उनले ३ लभर्स चलचित्र बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरिन् ।

त्यसपछि विभिन्न चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा काम गर्दै नेपालकी चर्चित अनि व्यस्त नायिका बनिन् । उनले चलचित्रकै बारेमा अध्ययन गरेकाले उनलाई सफलता पाउन पनि अलि सजिलो पक्कै भएको हो । नेपाली कलाकार थोरै सफलता पाउने बित्तिकै फिल्म मेकिङ्गमा होमिन्छन् । प्रियंकामा भने यो लागु भएन ।

धेरै वर्ष फिल्ममा काम गरेको अनुभव लिएर बल्ल उनि मेकिङ्गमा डेब्यु गर्दै छिन् । आफ्नै होम प्रोडक्सन प्रिङ्कलेवल पिक्चर्स बाट उनी वेब सिरिज निर्माण गर्दै छिन् । उनले यसै वेब सिरिजबाट निर्देशनमा पनि डेब्यु गर्दै छिन् । समलिंगीको प्रेम कथा देखाईने सिरिजमा प्रियंका कार्की र सृस्‍टि श्रेष्ठ फिचर्ड छन् । जस्ट एनोदर लभ स्टोरी नाम दिइएको सिरिज प्रियंकाको आफ्नै युट्युब च्यानल बाट प्रशारित हुनेछ ।

१५ देखि १८ मिनेटको रहने उक्त सिरिजमा पहिलो पटक प्रियंका र सृस्‍टिले समलिङ्गीको भूमिकामा देखिदै छन् । पछिल्लो समय प्रियंकाको फिल्म चलेको छैन । यो अवस्थामा उनले निर्माण, निर्देशन र अभिनय गरेको वेब सिरिजले कस्तो प्रतिक्रिया पाउने हो त ?

For More videos Log on to Mazzako TV