Yogendra stha

नेपाल चलचित्र द्धन्द्ध कलाकार संघमा नयाँ कार्य समिति चयन भएको छ ।  यसपटक पनि अध्यक्ष पदका लागि नि वर्तमान अध्यक्ष योगेन्द्र श्रेष्ठ नै बिजयी भएका छन् । उनले ४१ मत ल्याएर सुर्य थोकरलाई पराजित गरेका हुन् ।

चावाहिलस्थित चलचित्र विकास वोर्डको भवनमा सम्पन्न भएको साधारण सभा तथा नयाँ कार्य समिति गठनको निर्वाचनमा स्व.द्धन्द्ध निर्देशक गोपाल भूटानीको सम्झना गर्दै फोटोमा माला लगाएर माल्यार्पण समेत गरियो ।

नेपाल चलचित्र द्धन्द्ध कलाकार संघमा नयाँ कार्य समितिमा उपाध्यक्ष तर्फ भरत क्षेत्री, महासचिवमा राजकुमार उप्रती, कोषाध्यक्षमा बल्लु बिक्रम थापा बिजयी भएका छन् । सचिर्वको पद भने खाली राखिएको छ । त्यस्तै सदस्यतर्फ संजय थापा, शुक्रराज शाह, राजाराम गौतम, संजय महर्जन, केवीराज वाहक, भूपेन्द्र विसी र किरण विजयी भएका छन् ।

द्धन्द्ध कलाकार संघको नव निर्वाचित कार्य समितिको तीन वर्षको कार्यकाल रहनेछ । विशेष साधारण सभा तथा नयाँ कार्य समिति गठनको उद्घाटन वरिष्ठ फिल्मकर्मी लक्ष्मीनाथ शर्माले गरेका थिए ।

For More videos Log on to Mazzako TV