फागूण ९ गतेलाई प्रदर्शन मिति तय गरेर फिल्म आमाको छायांकन सुरुवात गरिएको छ । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो फिल्मले आमा र छोरीको कथालाई उठान गर्नेछ । निर्देशक दिपेन्द्र के खनालले पशुपति प्रसादबाट सन्तुष्ट भएका दर्शकका लागि यस्तै अर्को फिल्म बनाएर ल्याउने बताए ।

यो सिनेमामा सूर्यमाला खनाल आमाको भूमिकामा छिन् । यस्तै, फिल्ममा सुरक्षा पन्त उनकी छोरीको भूमिकामा रहनेछिन् । आमालाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । डीएस डिजिटलको ब्यानरमा यो फिल्म बन्दैछ । फिल्मका लागि पानी चाहिने भन्दै निर्देशक खनालले पानी नपर्दा फिल्मको छायांकन नै नहुने बताए ।

For More videos Log on to Mazzako TV