भारतको लोकप्रिय आइफा अवार्ड नेपालमा हुने भनेपछि यतिबेला माहोल तातेको छ । कलाकारहरुले आइफा अवार्डका लागि १ अर्ब सरकारले दिन लागेको र नेपाल सरकार नै आयोजक बन्न लागेको भन्दै आक्रोश पोखिरहेका छन् ।

तर, नेपाल सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले भने सरकारले यो निर्णय नगरेको बताएका छन् । मन्त्री बाँस्कोटाले आइफा अवार्ड नेपालमा गर्नका लागि स्विकृती दिएको बताए । तर, सरकारले कुनै पनि नगद दिने निर्णय नगरेको उनले स्पष्ट पारे ।

उनले आफूले १ अर्ब दिन लागेको कुरा नसुनेको पनि बताए । निजी क्षेत्रले सहकार्य गरेर यस्तो अवार्ड गर्दा नेपाललाई फाइदा नै हुन्छ भने गर्न दिनुपर्ने उनको भनाई थियो ।

For More videos Log on to Mazzako TV