नेपाल सरकारले बालाजुमा रहेको एनएफडीसीको जग्गा खोज्ने भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बालाजुको जग्गा खानेलाई पानी मुनी गएपनि नछाड्ने बताएका छन् ।

मन्त्री बाँस्कोटाले बालाजुको जग्गा नेपाल सरकारले नेपाली फिल्मको विकास र प्रवद्र्धनका लागि दिएको बताए । तर, व्यक्तिको मोजमस्तीका कारण २७ रोपनी जग्गा अहिले ६.५५ रोपनी मात्र रहेको भन्दै उनले पानी मुनी गएपनि नछाड्ने बताए । उनले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइलाई सो जग्गा खोज्न पनि भनेका छन् ।

मन्त्रीले सरकारले काठमाण्डौमा नै स्टूडियो बनाउन लागेको भन्दै बालाजुको जग्गा खोजेर स्टूडियो बनाउने अनी त्यसमा रमाउने गाउने बताए । उनले आफूले सोही स्टूडियोमा कलाकारसँग सेल्फी खिच्ने समेत बताए ।

For More videos Log on to Mazzako TV