बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा मुख्य नायिकामा क्रिस्टिना गुरुङ खड्का फाइनल भएकी छिन् । अमेरिकामा बस्दै आएकी क्रिस्टिनालाई निर्माण टिमले आइतबार अनुबन्धित गरेको हो । क्रिस्टिनाले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् ।

आइतबार ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना फाइनल भएको घोषणा गर्दै निर्माण टिमले उनको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गर्याे । क्रिस्टिना ’गीत’ पात्रमा अनुबन्ध भए पनि बाँकी २४ जना अयोग्य नभएको निर्माता तथा निर्देशक सन्तोष सेन बताए ।

चैत २८ मा रिलिज हुने ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् । फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि पाइनल भैसकेका छन् ।

For More videos Log on to Mazzako TV