फिल्म ‘सानो मन’ युनिट यति बेला चलचित्रको प्रचार प्रसारका लागि मोफसल यात्रामा छ । २७ असारबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म युनिटले शुक्रबार चितवनका पत्रकारबीच अन्तक्रिया गर्याे ।

नायिका शिल्पा मास्के, कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले सानो मनको बारेमा प्रकाश पारे । नायिका मास्केले यस फिल्ममा आफुले निकै मेहनत गरेको बताइन् । पत्रकार भेटघाटमा नायिका शिल्पा मास्के आफु लण्डन बसेर विदेशी फिल्ममा समेत काम गरेको अनुभव सुनाउँदै नेपालमा नै केहि गर्छु भनेर नेपाल आएर नेपाली फिल्ममा अभिनय गरेको जानकारी गराईन् ।

यस्तै, नव नायक सक्षम कृष्ण सुवेदी आफ्नो पहिलो चलचित्र भए पनि निकै मेहेनत गरेको र यस चलचित्र बाट ठुलो आशा लिएको बताए । चलचित्रका निर्माता राजेन्द्र मानन्धरले चलचित्रको कथा नै मन परेर यस चलचित्र निर्माण गरेको बताए । चितवनमा पत्रकार भेटघाट सकिए लगतै चलचित्र यूनिट पोखरा पुगेका थिए । पोखरामा पनि पत्रकारहरुसँग भेटघाट गर्दै चलचित्रबारे जानकारी गराईएको थियो ।

सुयोग गुरुङ्गको निर्देशनमा बनेको ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र ओ पि जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

निर्माताहरू योगेश गुरुङ्ग, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको हो । यो चलचित्रलाई आलोक शूक्लाले छायांकन गरेका हुन् ।

For More videos Log on to Mazzako TV