नेपाल आईडल २ का बिजेता रबि ओड र नेपाली ताराकी चर्चित गायिका दुर्गा खरेलको नयाँ गीत सार्वजनिक भएको छ । दुर्गा र रबिको स्वर रहेको ‘घरमा कुरा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । धुर्ब प्रसाद आम्गाँईको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन छ । केही हप्ता अघि सार्वजनिक फिल्म पासवर्डको गीतबाट मज्जाको प्रतिक्रिया पाइरहेको बेला यो गीत रिलिज गरिएको हो ।

भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको अभिनय छ । रामेश्वर काकीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV