५१ दिन मनाउने बाटोमा लागेको फिल्म जात्रै जात्राले व्यापारमा पनि नयाँ रेकर्ड राखेको छ । यो सिनेमाको व्यापारले २ अंक छुने अनुमान लगाइएको छ । जेठको ३ गतेबाट रिलिज भएको सिनेमा अहिले सातौ हप्तामा प्रवेश गरेको छ । तर, पनि सिनेमा हेर्ने दर्शकको संख्या भने घटेको छैन ।

जात्रै जात्राले आजसम्म कति कमायो होला ? फिल्मका निर्माता रविन्द्र सिंह बाँनियाँका अनुसार फिल्मले अहिलेसम्म साढे ९ करोड कमाई सकेको छ । फिल्म अझै पनि केही मल्टिप्लेक्समा लागेकाले यसले १० करोडको आँकडा छुने अनुमान लगाउन सकिन्छ ।

फिल्म जात्रै जात्राको ५१ दिने कार्यक्रम भव्य रुपमा मनाउने तयारी पनि यसको निर्माण टिमले थालेको छ । यसअघि फिल्म ए मेरो हजुर ३ ले पनि साढे ९ करोड कमाएको यसका निर्माताले जानकारी दिएका थिए ।

For More videos Log on to Mazzako TV