एसइइ परिक्षामा बी प्लस ल्याएर पास भएकी अभिनेत्री करिश्मा मानन्धरले सरकारी कलेज नै पढ्ने बताएकी छिन् । करिश्माले सरकारी कलेज पढ्ने विद्यार्थीलाइ गरिब सोच्ने प्रवृत्ती नेपालमा रहेको सुनाइन् ।

यसैले आफूले सरकारी स्कुलमा नै पढेको र कलेज पनि सरकारीमा नै पढ्ने उनले बताइन् । सरकारी कलेजमा पढ्दा सन्देश राम्रो जाने उनको भनाई छ । उनले, आफूलाई महंगो कलेजबाट पनि पढाइका लागि अफर आएको बताएकी छिन् ।

तर, अफर आउनु राम्रो भएपनि आफूले सरकारी कलेज पढ्ने उनको भनाई छ । उनले, व्यवस्थापन पढ्ने बताइन् ।

For More videos Log on to Mazzako TV