आज अर्थात असार १३ गते देखि दुई फिल्म ‘आप्पा’ प्रदर्शनमा आएको छ । आप्पाले बिहिबार साझ भब्य प्रिमियर गरेका गर्यो । प्रिमियरमा फिल्मकर्मी बाट मज्जाको प्रतिक्रिया पाएको छ । यस्तै आजैबाट फिल्म ‘कीर्तिपुर’ पनि प्रर्दशनमा आएको छ ।

बाबुछोराको सम्बन्धमा आधारित ‘आप्पा’ फिल्ममा दयाहाङ राई, सिद्धान्त तामाङ, एल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । सिक्किम, दार्जलिङ लगायतका स्थानमा छायांकन गरेको फिल्मलाई रुदेन सादा लेप्चाले निर्माण गरेका हुन् । यो फिल्म नेपालसँगै भारतमा समेत आउँदो शुक्रबारबाट रिलिज हुने छ ।

यता ऐतिहासिक फिल्म ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ लगायत कलाकारको अभिनय अभिनय रहेको छ । प्रदिप खड्गीले निर्देशन गरेको फिल्म साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित छ । यो फिल्म निर्माण भएको पाँच वर्षपछि दर्शकमाझ आएको छ ।

For More videos Log on to Mazzako TV