लभ स्टोरी चलचित्रका जमेका अनि चलेका निर्देशक हुन् , सुदर्शन थापा । उनले नेपाली लभ स्टोरी जन्राका धेरै हिट चलचित्र दिएका छन् । उनले आफ्नो होम प्रोडक्सनबाट पनि दर्शकलाई र नेपाली चलचित्र क्षेत्रलाई राम्रा चलचित्र दिएका छन् ।

समालिन्छ कहिले मनमा काम गरेका उनले अब कुन चलचित्रमा काम गर्लान् भन्ने चर्चा हुदै गर्दा उनले म यस्तो गीत गाउँछु २ को तयारी सुरू भएको बताएका छन् । सुदर्शनको निर्देशनमा रहेको चलचित्र प्रेमगीतको अपार सफलता र कामको तारिफले उनलाई अझ राम्रो चलचित्र दिन पर्ने दबाव पर्यो र उनले प्रेमगीतकी गीत नायिका पूजा शर्मालाई लिएर चलचित्र म यस्तो गीत गाउँछु बनाए । चलचित्र बक्स अफिसमा राम्रो ठहरियो ।

चलचित्रको सफलता सगै म यस्तो गीत गाउँछु २ बन्ने घोषणा पनि गरियो तर चलचित्र बनाउन समय लगाएको देखेपछि चलचित्र नबन्ला भन्ने धेरैलाई लाग्यो । तर सुदर्शनले म यस्तो गीत गाउँछु २ को तयारी सुरू भएको आफ्नो फेसबुकमा षेयर गरेका छन् । म यस्तो गीत गाउँछु मा पूजाको जोडी पल शाह थिए र चलचित्रको सिक्वेलमा पनि पूजा र पल नै दोहोरिने कुरा थियो तर अहिले पूजा र पलको सम्बन्ध राम्रो नरहेको चर्चा छ ।

त्यसैले यो जोडी रिपिट होला कि नहोला अन्योल छ । पूजा पनि सुने नहुने केहि टुंगो भने छैन तर केही समय अघिको पूजाको स्टाटस हेर्दा फोकटको काममा नलागि आफ्नो काममा लाग्नु भन्ने सुझाव सुदर्शनलाई थियो । सुदर्शनले पनि पूजाले भनेको माने जस्तै छ नभए किन एक्कासी म यस्तो गीत गाउँछु २ सुरू गर्नु त ।

For More videos Log on to Mazzako TV