गायिका मेलिना राई र गायक नबिन राईको सिंगौरी ३ ब्याटल सार्वजनिक भएको छ । सिंगौरी १ र सिंगौरी २ को सफलता पछि सिंगौरी ३ सार्वजनिक गरिएको हो । सिंगौरी १ र सिंगौरी २ पुर्बेली भाकामा आधारित थियो भने, सिंगौरी ३ ले पुर्ब र पश्चिमको भाका र संस्कृतिलाई जोडेको छ । यसमा शब्द संगीत सशि गुरुङ वाङदेल को रहेको छ भने गीतमा नबिन राई र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

यसको म्युजिक भिडियोमा एलिशा राई र श्याम राईले निरन्तरता दिएका छन् भने । योगेन्द्र राई, बिशाल सेनेहाङ र भावना थापाको पनि मुख्य अभिनय रहेको छ । भब्य सेट तयार गरेर निर्माण गरिएको म्युजिक भिडियोमा अर्जुन तिवारीले छायांकन, निशान घिमिरेको सम्पादन र उमेश गुरुङको कोरियोग्राफी साथै निर्देशन रहेको छ ।

यस भिडियोमा पश्चिमका गुरुङ संस्कृति र पुर्वका राई लिम्बुहरुको संस्कृतिलाई एक साथ जोड्ने प्रयास गरिएको छ । सुनाकोठी स्थित बालकुमारीको चौर र आसपासका रमणिय स्थलमा गीतको भिडियो सुटिङ गरिएको हो ।

सिंगौरी नेपाली मौलिक संस्कृतिसंग जोडिएको ब्याटल श्रृखला हो । यस श्रृखलालाई निरन्तर अगाडी बढाउँदै लैजाने र नेपाल भरिका मौलिक गीत संगीतलाई समय सापेक्ष बनाउँदै आगामी दिनमा पनि अन्य लोक भाकालाई पनि समेट्दै लैजाने योजना सिंगौरी टिमको रहेको छ । यो म्युजिक भिडियोको बजार ब्यबस्थापन माउन्टेनम्युजिक नेपालले गरेको हो ।

For More videos Log on to Mazzako TV