नेपाली नायिकाको विकिनी मोह अच्चमको छ । कोहि विदेश टुरमा जाने वित्तिकै बिचमा विकिनीमा देखिन्छन् त कोही नेपालकै स्वीमिङ पुलमा विकिनीमा देखिने रहर पुरा गर्छन् । विकिनी र विच मनपराउने नायिकाको लिस्ट पनि लामो छ। यस्तै विकिनीमा रमाउने नायिका हुन्, साम्राज्ञी राज्य लक्ष्मी शाह ।

साम्राज्ञी राज्य लक्ष्मी शाह आफ्नो मनको सुन्ने र गर्ने नायिका हुन् । उनलाई जसले जे भने पनि, मिडियामा जे गसिप बनेपनि केहि फरक पर्दैन । उनी आफूलाई मन लागेको गर्छिन्, खान्छिन्, हिड्छिन् । उनी अहिले खुबै मस्ती गर्ने मुडमा छिन् । मारूनी र रातो टिका निधारमा को छायांकन सकेर साम्राज्ञी आराम गर्दै छिन् र सँगै परिवार सँग मस्ती पनि । उनी इन्स्टाग्राममा पनि एकदमै एक्टिभ छिन् ।

हरेक गतिविधि इन्स्टामा सेयर गर्ने साम्राज्ञीले अहिले फेरि आफ्नो हट फोटो अनि भिडियो सेयर गरेकी छिन् । आफ्नो परिवार सँग समय बिताईरहेकी साम्राज्ञी स्विमिङ पुलमा पहेलो विकिनीमा देखिएकी छिन् । उनले परिवार सँग पार्टी गर्दै गरेको छोटो भिडियो पनि ईन्स्टामा राखेकी छिन् । साम्राज्ञी विकिनी लभर हुन् । तर उनलाई विकिनीले विवादमा पनि ल्याएको छ । ए मेरो हजुर २ को अस्ट्रेलिया टुरको बेला बिचमा खिचिएको उनको विकिनी तस्बिरले उनलाई आलोचित बनाएको थियो ।

धेरै पछि उनलाई अहिले विकिनीमा देखिएको छ । यसले उनलाई फेरि आलोचित बनाउला या उनको रिलिजको पर्खाईंमा रहेको चलचित्रलाई प्रोमोसन गराउला त?

For More videos Log on to Mazzako TV