एक्सन स्टार बिराज भट्टले डेब्यु निर्देशन गरेको चलचित्र साङ्लोको छायांकन सक्किएको छ । क्यामेरा अन गरेको ५० दिनमा चलचित्र टिमले सुटिङ र्याप अप गरेको छ । करिव ३ वर्ष पछि नेपाली चलचित्रमा कम ब्याक गर्दै बिराज भट्टले चलचित्र निर्माण तथा निर्देशन गर्न तम्सिए तर उनलाई सजिलो भने भएन ।

फिल्म धेरै विवादमा पनि तानियो । कहिले प्राविधिकलाई कुटेको कारण त कहिले गाउँपालिकाको १० लाख काण्डले फिल्मलाई विवादित बनायो । फिल्मको छायांकन डोटीमा भएको थियो त्यसैले डोटीको जोरायल गाउँपालिकाले बिकास निर्माणको लागि छुट्याइएको १० लाख रुपैयाँ लगानी गरेको कुरा सार्वजनिक भएसँगै यसको आलोचना सुरू भएको थियो ।

गाउँपालिकाको अध्यक्षले डोटीको पर्यटन प्रवर्द्धनका लागि फिल्मले टेवा पुर्याउने भन्दै फिल्मलाई विकासको बजेट दिएको बताएका थिए तर यस विषयमा फिल्मका निर्माता तथा निर्देशक रसेका विराजले भने कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्ममा बिराज नै मुख्य भूमिकामा छन् । उनले फिल्ममा पूर्व मिस नेपाल निकिता चाण्डक सँग रोमान्स गरेका छन् ।

निर्माण टिमका अनुसार फिल्ममा निकिता बिराजको प्रेमिका हुदै श्रीमतीको भूमिकामा छिन् । किड्नी तस्करीको कथामा आधारित फिल्मको रिलिज डेट त सार्वजनिक गरिएको छैन तर विवादमा परेरै भए पनि फिल्मको छायांकन सक्किएकोमा टिम भने ढुक्क छ।

For More videos Log on to Mazzako TV