चलचित्र ए मेरो हजुर ३ बाट डेब्यु गरेकी नायिका सुहाना थापाको चर्चा उनले चलचित्रमा गरेको उत्कृष्ट अभिनयले त छ नै र यो सँगै ऊनको चर्चा नायिका तथा निर्देशक झरना थापाकी छोरी भनेर पनि छ । रीयल लाईफ र चलचित्र क्षेत्रका लागि पनि झरना सुहानाको आमा भएर होला उनी सुहानाको क्रेज कहिल्यै नघटोस् भन्ने नै चाहन्छिन् ।

झरना र सुहाना अहिले ए मेरो हजुर ३ को विदेश शो मा व्यस्त छन् । युरोपका विभिन्न सहर लगायय कोरिया, हङ्कङमा चलचित्र प्रदर्शन गरिएको छ र सबैमा झरना र सुहाना उपस्थित थिए । विभिन्न देशमा विभिन्न आकर्षक भेषमा खिचिएका सुहानाको फोटो सुहानाले कम र झरनाले धेरै नै सेयर गरिन् ।

हुन त आमाले छोरीलाई धेरै स्पेस दिनु अनौठो होइन तर चलचित्रको रिलिज पछि सुहानालाई आफ्नो वालमा धेरै अटाउनु सुहानालाई झनै चर्चित बनाउने झरनाको राजनीति हो कि जस्तो लाग्छ । हरेक ठाउँको भ्रमण र हरेक शो मा उनी सुहानालाई नै फोकस गराउने गर्छिन् । उनको पोस्ट हेर्दा उनले सुहानाको पब्लिसिटी गरे जस्तो देखिन्छ । उनले सुहानालाई गुडियारानी भनेर बोलाउछिन् र अरुले पनि यो नामले सम्बोधन गरेमा झनै मख्ख हुन्छिन् ।

हुन त कलाकारको चर्चा उनीहरूको फिल्म रिलिज ताका मात्रै हुन्छ तर झरनालाई भने आफ्नी छोरीको चर्चा सधै नै होस् भन्ने चाहाना रहेको बुझ्न सकिन्छ । उनी अहिल्यै सुहानाको क्रेज सेलाउन दिन मुडमा छैनन् ।

For More videos Log on to Mazzako TV