नायक आयुष्मान देसराज जोशी फिल्ममा चलेका छैनन् । उनी फिल्मको नायक भन्दा पनि नायिका प्रियंका कार्कीको प्रेमी भनेर बढि चिनिन्छन् । अझ उनलाई धेरैले त चुसेको आँप भनेर नै चिन्छन् । चपली हाइट २ बाट नेपाली फिल्ममा डेब्यु गरेका आयुष्मान नायिका परामित आर एल राणा सँग ब्रेक अप पछि नायिका प्रियंका कार्की सँग प्रेममा छन् ।

प्रियंका र आयुष्मानको प्रेम चर्चा सँगै आयुष्मानले चुसेको आँपको संज्ञा पाए र झनै चर्चित भए । उनलाई आफ्नो नाम र कामले भन्दा पनि अनौठोको नाम चुसेको आँपु ले बढी चिनायो । उनको रिलिजको पर्खाईंमा रहेको चलचित्र सानो मन मा पनि उनलाई चुसेको आँप भनेको देखियो र उनका अनुसार चलचित्र टिम सँग सल्लाह गरेर नै गसिप बनाउन उक्त नाम चलचित्रमा राखिएको हो ।

आफुलाई आफु चुसेको आँप जस्तो देखिन्छ भन्ने कहिले लागेन र अहिले पनि नलाग्ने उनको तर्क छ । तर, दर्शकबाट पाएको त्यो नाममा उनको केही गुनासो पनि छैन । उनी भन्छन ‘सुरुवाती दिनमा चुसेको आँप भन्दा ऐनामा मैले आफूलाई धेरै चोटी हेर्थेँ । तर, आफूले आफूलाई हेर्दा त्यस्तो लाग्दैन थियो । मलाई किन यस्तो भनिन्छ भन्ने पनि लाग्थ्यो ।

तर, अहिले यो कुरा सामान्य लाग्छ ।’ चुसेको आँप नाम बाट चर्चित भएकाले उनले यो नाम चलचित्रमा राखेर चलचित्र क्षेत्रमा पनि चर्चित हुन खोजेका हुन् कि !

For More videos Log on to Mazzako TV