साउन १० गतेबाट रिलिजको तयारी गरेको फिल्म ‘एकलव्य’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक लोक फ्लेवरको ‘पूर्वै चल्न्या रेल’ बोलको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर भरेका छन् भने राजेन्द्र बजगाईंको शब्द तथा संगीत छ । गीतमा फिल्मका अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सय बढी कोरसले सोनाम र सन्ध्यालाई साथ दिएका छन् ।

पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । ‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् ।

कविराजसँगै रामजी लामिछानेको पनि फिल्मका गीतमा कोरियोग्राफी छ । राजेन्द्र बजगाईंको गीत तथा संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV