नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडी पुआ जोडीको रूपमा निकै चर्चित छ । रामकहानी बाट सुरु भएको पूजा र आकाशको कहानी दर्शकले मन पराए र पछि यी दुईले चलचित्र हुदै म्युजिक भिडियोमा पनि सँगै काम गरे । अहिले यी दुईको सार्वजनिक एउटा तस्बिरले फेरि पूजा र आकाशको विवाह चर्चा गराएको छ ।

चलचित्र पोई पर्यो काले को सेटमा लिएको एक फोटोमा पूजा र आकाशलाई बेहुला बेहुलीको भेषमा देखिएको छ । तस्वीरमा दुवै मख्ख छन् । एउटा फोटो त अचम्म नै लाग्छ । पूजाले आकाशलाई घुम्टो ओडाईदिएकी छिन् र आकाश पनि बेहुली जस्तै लजाएका छन् । पूजा र आकाशको प्रेम चर्चा मिडियामा पनि खुबै हुन्छ ।

उनीहरूका फ्यानले पनि पूजालाई दिदी अनि आकाशलाई आकु भेना भनि सम्बोधन गर्छन् । तर यी दुईले आफुहरू राम्रो साथी मात्रै भएको बताउदै आएका छन् । पूआ जोडीको संज्ञा पाएका यी दुईको वास्तविक जीवनमा पनि विवाह भएको हेर्न चाहने धेरै नै छन् । वास्तविक जीवनमा हुने नहुने त समयले बताउला तर दुईले फिल्ममै भए पनि विवाह गरेर आफ्ना शुभचिन्तकको चित्त बुझाईदिएका छन् । निर्देशकले त पूजा र आकाशको विवाह गरिदिए तर उनीहरूका फ्यानको ईच्छा भने पूरा होला या नहोला !

For More videos Log on to Mazzako TV