यस्तो देखियो आइफामा (फोटो फिचर)
बलिवुडका तमाम कलाकार यतिबेला अमेरिकाको टेम्पा बे शहरमा धुम मचाउन ब्यस्त रहेका छन् । आईफा अवार्डका लागि टेम्पा बे पुगेका कलाकारहरुले रमाईलो गरिरहेका छन् । बलिवुडका दिग्गज हस्तीहरुको बाक्लो उपस्थिति रहेको समारोह २४ अप्रील देखि सुरु भएको थियो । उक्त इभेन्ट्स शनिबार समापन भएको छ ।
अवार्ड कार्यक्रम पुर्व बलिउड कलाकारहरुको ग्रीन कार्पेटमा स्वागत गरिएको थियो । उक्त कार्यक्रममा कलाकारहरु प्राय आफ्नो परिवार सँग देखिएका थिए । अवार्ड कार्यक्रममा अनिल कपूर, गोविंद र उनकी पत्नी, आफताब शिवदासनी, अनुपम खेर, बिपाशा बासु, श्रीदेवी ,बोनी कपूर , बोमन ईरानी, डेविड धवन, दीपिका पादुकोण, दिया मिर्जा, दिव्या दत्ता, गौहर खान, गुलशन ग्रोवर, ऋतिक रोशन, कल्कि कोचलिन, करीना कपूर, माधुरी दीक्षित लगायत बलिउडका धेरै हस्तीहरुको उपस्थित रहेको थियो ।
ग्रीन कार्पेटमा फोटो सेशनको बेला यी कलाकारहरु आफ्नै तालमा झुमेका थिए । कोहि अटोग्राफमा मस्त थिए त कोही फ्यान्स सँग फोटो खिचाउन ब्यस्त थिए । कयौं एक्ट्रेस बोल्ड लुक्समा पुगेका थिए भने कतिपय एक्ट्रेस डिजाइन युक्त साडीमा सजिएका थिए ।आइफाको यिनै कुराले गर्दा ग्रीन कार्पेट हेर्न लायकको थियो ।