चलचित्र दाल भात तरकारी मा पहिलो पटक सँगै काम गरेका नायक पुष्प खड्का र नायिका आँचल शर्माको जोडी दर्शकले धेरै नै मन पराए । उनीहरूलाई चलचित्रको प्रस्ताव पनि आयो तर पुष्पले स्क्रिप्ट मन नपरेको भन्दै रिजेक्ट गरे र आँचल पुष्प फेरि एउटै चलचित्रमा तत्काल देखिने छैनन् ।

नायक पल शाह सँग धेरै नै नाम जोडिन र चर्चा हुन थालेपछि आँचलले पलसँग छुट्टिएर काम गर्न थालिन् चलचित्रमा । उनले पुष्प सँग दाल भात तरकारीमा काम गरिन् र पल आँचल सँगै पुष्प आँचलको जोडी पनि दर्शकले खुबै रूचाए । दुई लाई चलचित्रमा सँगै लिन फिल्म मेकर्स पनि खोजे र पुष्पले स्क्रिप्ट पनि पढे । ३० लाख पारिश्रमिकको कुरा पनि मिडियामा चर्कियो तर उनले स्क्रिप्ट मन नपरेको भन्दै रिजेक्ट गरे ।

सुरूमा हिरोले स्क्रिप्ट हेरेर हिरोइनले स्क्रिप्ट हेर्ने कुरा रहेछ तर हिरोले रिजेक्ट गरेपछि त्यो कुरा हिरोईन कहाँ पुगेन । आँचलले पनि हेर्न चाहिनन् । आफ्नो को पार्टनर भएर काम गरिसकेको र मिल्ने साथी समेत रहेको पुष्पको डिसिजनमा आँचल पनि सहमत भईन् । पुष्पको त अहिले अरू दुई चलचित्र रिलिजको पर्खाईमा छन् तर आँचल भने खाली हात छिन् ।

यस्तो अवस्था उनले चलचित्र गर्न पनि त सक्थिन् तर पुष्पले अफर टुक्राउदा आँचललाई त पक्कै भयो होला ।

For More videos Log on to Mazzako TV