नायक अनमोल केसी र उनका पिता सदावहार नायक भुवन केसीको केमिस्ट्री गज्जबको नै छ । भुवनले जमाना देखि अहिले सम्म नै चलचित्र क्षेत्रमा दब्दबा राख्दै आएका छन् बने अनमोल अहिलेका युवा पुस्तामाझ निकै नै चर्चित र प्रिय छन् । उनी ब्याक टु ब्याक हिट फिल्म दिने नायक पनि हुन् । तर, उनी सार्वजनिक कार्यक्रममा भने कमै देखिन्छन् ।

अनमोल केसीलाई धेरै कार्यक्रममा बोलाईन्छ । उनको उपस्थिति पनि हर किसिमले सबैलाई विशेष पक्कै लाग्छ । तर उनी सार्वजनिक कार्यक्रममा देखिदैनन् । फिल्मको कार्यक्रममा पनि उनी निमन्त्रिण हुन्छन् तर उपस्थित भने हुदैनन् । प्राय अनमोल र भुवनलाई सँगै नै बोलाईएको हुन्छ तर भुवनको मात्रै उपस्थिति पाईन्छ । चलचित्र जात्रै जात्राको विशेष शोमा पनि अनमोललाई बोलाईएको थियो तर उनी उपस्थित भएनन् । भुवन निमन्त्रणा आएका प्राय कार्यक्रममा पुग्छन् ।

तर, अनमोल आफूलाई रिजर्भ राख्दै आफ्नो चलचित्रको बाहेक अरू कुनै कार्यक्रममा जादैनन् । उनको सट्टा बुवा भुवनले नै अनमोलको पनि निम्तो स्वीकारीरहेका छन् र अनमोलको तर्फबाट पनि आफै नै बोलिरहेका छन् । अनमोल रिलेटेड हरेक प्रश्नको जबाफ पनि भुवन नै दिन्छन् । अनमोल सामाजिक रूपमा घुलमिल हुन चाहदैनन् या बाहिर निस्कन चाहदैनन् यो उनैलाई थाहा होला तर जे भएपनि उनको पिआर बुबाले जोगाईदिएकै छन् क्यारे ।

For More videos Log on to Mazzako TV