नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ लिभिङ टुगेदरमा छन् । सार्वजनिक कार्यक्रममा उनीहरू सगै देखिनु त नौलो भएन तर, चलचित्रमा पनि उनीहरू सँगै काम गर्छन् । चलचित्रबाट अफर आए एक अर्कालाई सिफारिस गर्छन् र टिम सहमत भएमा मात्रै काम गर्छन् । नेपाली चलचित्र क्षेत्रको भर्साटायल नायक हुन् सौगात मल्ल । दर्शकले अत्याधिक रूचाएका सौगातले हरेक चलचित्रमा आफुलाई फरक देखाउदै आएका छन् ।

उनको कामको तारिफ नगर्ने सायदै होलान् । धेरै नव कलाकारको प्रेरणाका स्रोत पनि हुन् उनी । तर अहिले उनी दर्शकले सोचे जस्तो चलचित्रमा देखिएका छैनन् । कारण उनको पर्सनल लाईफ, खुलस्त भनौ, उनको प्रेम जीवन । सौगात अहिले नायिका सृष्टि श्रेष्ठ सँग प्रेममा छन् र उनीहरू सगै पनि बस्छन् । सौगातलाई सृष्टिको साथ रियल तथा रिल लाइफमा पनि चाहिएको छ । उनलाई प्रस्ताव आउने फिल्ममा उनी सृष्टिलाई पनि सिफारिस गर्छन् । र फिल्म टिमले मानेमा मात्रै सौगातलाई दर्शकले पर्दामा हेर्न पाउछन् । सौगात सृष्टिको अफेयर पछि सौगातले सृष्टि विना सायदै कुनै चलचित्रमा काम गरे ।

उनको मासुभात, पोई पर्यो काले लगायतको चलचित्रमा पनि सृष्टि नै छिन्। अहिले उनी अनुबन्धित दुई चलचित्र घोषणा गरियो। चपली हाइट ३ र लप्पन छप्पन २ । लप्पन छप्पनमा उनी नै नायक थिए र सिक्वेलमा पनि दोहोरिए । यसमा सृष्टि नभए पनि उनी काम गर्न राजी भए तर चपली हाइट ३ मा भने उनलाई सृष्टि नै चाहियो । के सौगातलाई फिल्ममा लिन अब सृष्टिलाई पनि लिनै पर्ने हो त ?

For More videos Log on to Mazzako TV