अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मा अभिनय फिल्म ‘रातो टिका निधारमा’ को छायाँकन सकिएको छ । झापा र काठमाडौँमा गरि जम्मा २९ दिनमा फिल्मको छायाँकन सम्पन्न भएको हो । फिल्म दशैँमा अलनेपाल सार्वजनिक प्रदर्शन हुनेछ ।

झापाबाट सुरु गरिएको छायाँकन काठमाडौँमा आएर सकिएको निर्देशक अशोक शर्माले जानकारी दिए । कलाकारको राम्रो साथ, सहयोग र मौसमको कारण समयमै छायाँकन सकिएको शर्माले बताए ।

फिल्मको शिर्ष गीत केहि सातामै प्रेसमिट गरेर सार्वजनिक गरिनेछ । फिल्ममा समावेश ‘अल्लारे’ को हिट गीत ‘रातो टिका निधारमा’ को रिमेक भर्सन दर्शक माझ प्रतिक्षित छ । भव्य सेटमा छायाँकन गरिएको यस गीतमा वरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

यहि फिल्मबाट निर्देशक शर्माको छोरा अंकितले नेपाली सिनेमामा डेब्यु गरेका हुन् । फिल्ममा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायतको अभिनय छ ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा छन । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गरेकी छन् ।

फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । गायनमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारी छन् ।

For More videos Log on to Mazzako TV