भद्रगोल टिमले बनाउने भनेको फिल्म फनफनीका लागि अभिनेता विपिन कार्कीले पारिश्रमिक लिएर बसेको लामै समय भयो । विचमा यो फिल्म निर्देशन गर्ने भनेका निश्चल बस्नेतले यो फिल्म नगर्ने भए ।

यसपछि, विपिनले पनि यो फिल्म छाडेको भन्ने चर्चा चलेको थियो । तर, अभिनेता विपिन कार्की आफैले पनि यो फिल्म नछाडेको बताएका छन् । उनले आफूले विचमा समय नमिल्ने जस्तो कुरा भएको तर अहिले फेरि सिनेमाका लागि समय दिन सक्ने बताएका छन् ।

यस्तै, यो सिनेमाका निर्माता तथा लेखक दिपक आचार्यले पनि विपिनले सिनेमा नछाडेको र विपिन नै हुने बताएका छन् । फनफनी फिल्मका लागि अभिनेत्री फाइनल गरिएको छैन । अर्जुन घिमिरे र विपिन कार्की फिल्मका लागि फाइनल छन् ।

For More videos Log on to Mazzako TV