अभिनेता विराज भट्ट र अभिनेत्री निकिता चण्डकको मुख्य भूमिका रहेको सिनेमा साङ्लोको अहिले छायांकन भैरहेको छ । यो सिनेमाको छायांकन डोटीमा भैरहेको छ ।

डोटीको एक गाउँपालिकाले १० लाख रुपैयाँ यो सिनेमाका लागि बजेट विनियोजन गरेपछि यसको आलोचना भैरहेको छ । यही अवस्थामा सिनेमामा कलाकारको लुक्स रिलिज भएको छ । अभिनेता विराज र अभिनेत्री निकिताको लुक्स रिलिज भएको हो ।

लुक्स हेर्दा विराज र निकिता श्रीमान् श्रीमतीको भूमिकामा देखिएको वुझ्न सकिन्छ । निकिता श्रीमतीको लुक्समा छिन् । नेपाली फिल्म क्षेत्रमा अभिनेता भट्ट यही चलचित्रबाट निर्देशकको रुपमा पनि उदाउँदैछन् ।

For More videos Log on to Mazzako TV