निर्माता अर्जुन कुमारले चपली हाइट ३ बनाउने भएका छन् । उनका अनुसार साउनबाट फिल्मको छायांकन सुरु हुनेछ । चपली हाइट ३ लाई फाटेको जुत्ताका निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन् ।

यस्तै, यो पटक उनले फिल्ममा अभिनेता सौगात मल्ललाई फाइनल गरेको पनि बताएका छन् । निकेश र सौगातले फिल्म फाटेको जुत्तामा काम गरेका थिए । चपली हाइट बक्स अफिसमा हिट फिल्म थियो भने चपली हाइट २ ले पनि राम्रै चर्चा पाएको थियो ।

अर्जुनले फाटेको जुत्ता २ बनाउने घोषणालाई स्थगित गरेर चपली हाइट ३ बनाउन लागेका हुन् । पौषमा सिनेमा रिलिज गर्ने उनको योजना छ । सिनेमाका लागि अझै एक जना हिरो र एक जना हिरोइन आवश्यक पर्नेछ ।

For More videos Log on to Mazzako TV