नायिका नायिका बिच रीस, ईगो र झगडा नर्मल नै लाग्छ । बरू धेरै नै मिलेको देखियो भने पक्कै चर्चाको बिषय बन्छ । नेपाली नायिकाहरूमा हेर्दा अहिले नायिका नम्रता श्रेष्ठ आफुभन्दा सिनियर नायिकासँग धेरै नै मिलेको देखिन्छ । नम्रता अहिले नायिका रेखा थापा र करिश्मा मानन्धर सँग प्राय देखिन्छिन् । उनीहरूको दोस्ती कसरी जन्मियो, हुर्कियो, उनीहरूलाई नै थाहा होला तर अहिले निकै फस्टाएको देखिन्छ ।

सामाजिक सञ्जालमा रमाइलो गरिरहेको फोटो भिडियो सेयर गरेको प्राय देखिन्छ । नम्रताको आफ्नै लाउन्जमा उनलाई सदाबहार नायिका करिश्मा मानन्धर सँग ह्याङ आउट गर्दै गरेको पनि भेटियो । दुवैजनालाई एक अर्काको कम्पनी रमाईलो लाग्ने उनीहरूको भनाई छ । नम्रता रेखा थापा सँगपनि नजिक छिन् । चलचित्र कलाकार संघको चुनावमा नम्रता, करिश्मा र रेखा सँगै नै थिए । एक अर्काको तारिफ र प्रंशम्सामा व्यस्त नायिकाहरूलाई हेर्दा उनीहरु बिचको मित्रता प्रष्टै झल्किन्थ्यो । चलचित्रको कार्यक्रममा पनि सायदै उपस्थित हुने नम्रतालाई चलचित्र जात्रै जात्राको स्पेशल सोमा देखियो, त्यो पनि रेखा थापा सँग ।

सँगै आएका उनीहरुले सँगै नै चलचित्र हेरे अनि सँगै फर्किए पनि । नम्रता र रेखाको मित्रता गज्जबकै देखियो । नम्रता अहिले फिल्म मेकिङ्गमा लागेकी छिन् । फरक किसिमको चलचित्र आफुले निर्माण गर्ने बताउने नम्रता सिनियर नायिकाबाट केहि सिक्न खोज्दैछिन् किरु नत्र अहिले आएर किन उनी सिनियर नायिकासँग नजिक हुदैछिन् त ?

For More videos Log on to Mazzako TV