नेपाली चलचित्र क्षेत्र अरुको तुलनामा ठुलो त छैन तर पनि सफलताको स्वाद थोरैले मात्र चाख्न पाउछन् । पछील्लो समय निर्देशक प्रदिप भट्टराईलाई सफल निर्देशक भन्दा फरक नपर्ला । उनले डेब्यु निर्देशन गरेको चलचित्र जात्रा हिट भयो । दोश्रो चलचित्र सत्रुगतेले पनि बक्स अफिसमा राम्रो नै कलेक्सन गर्न सफल भयो ।

अहिले जात्राको सेक्वेल जात्रै जात्रा सफलतापुर्बक चलिरहेको छ । यो अवस्थामा निर्देसक भट्टराईलाई बडो दुबिधा परेको छ । करियरको सुरुवाती बाट नै उत्कृष्ट चलचित्र दर्शक माझ ल्याएर राम्रो छाप राखेका निर्देसक भट्टराईले अब को सँग सहकार्य गरेर कस्तो चलचित्र बनाउने हुन त । धेरैको कौतुहलताको बिषय बनेको छ । निर्देसक आँफै पनि के गर्ने दोधारमा छन् ।

उनलाई अनमोल केसीको होम प्रोडक्सनको चलचित्र र भद्रगोल सिरियल टिमले निर्माण गर्ने चलचित्र फनफनीबाट सहकार्य गर्नका लागि अफर आएको छ । तर उनी अहिले सम्म कुनै टिमसँग टाई अप भएका भने छैनन् । जात्रै जात्रको ५१ दिन मनाउने दौडमा रहेका उनी अब केही समय ब्रेक लिएर थकान र प्रेसरको ह्याङ ओभर सक्काएर मात्रै के गर्ने भन्ने सोच्ने बताउछन् ।

राम्रो स्क्रिप्ट र टिम सँग काम गर्ने बताउने उनलाई कस्को स्क्रिप्टले काम गर्न तयार गराउला , त्यो त समयले नै बताउला । दर्शकले औधी रुचाएको भएकाले पनि उनलाई अब अर्को प्रोजेक्ट धेरै नै सोच बिचार गरेर गर्नपर्ने छ । त्यसैले प्रदिपलाई अहिले के गर्ने के पक्कै भएको छ ।

For More videos Log on to Mazzako TV