अभिनेत्रीद्धय वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्धको बारेमा संचारमाध्यममा खबर आइरहेका हुन्छन् । एकले छाडेको फिल्म अर्कोले गर्ने, एकले अर्कालाई घुमाएर आरोप लगाउन दुबै अभिनेत्री खप्पिस छन् ।

तर, अभिनेत्री वर्षा राउत र वर्षा सिवाकोटीको फिल्म जात्रै जात्रा र विर विक्रम २ एकैदिन चलेपछि यी दुइको मित्रता देखियो । विर विक्रम २ चलेको केही दिनमै वर्षा राउत फिल्म विर विक्रम २ हेर्न पुगिन् । वर्षा सिवाकोटीको कामको उनले प्रशंसा पनि गरिन् । सायद, वर्षा राउतले लगाएको पैचौ तिर्न हुनपर्छ, वर्षा सिवाकोटी मंगलबार फिल्म जात्रै जात्रा हेर्न पुगिन् ।

वर्षाले फिल्म चलेको केही दिनमै हेर्छु भनेर भनेपनि अहिलेसम्म हेर्न नपाएकी रहिछन् । उनी, फिल्मको टिमले नै आयोजना गरेको शोमा पुगेकी थिइन् । राउतले लगाएको पैचौ सिवाकोटीले तिरेकी पो हुन् कि ?

For More videos Log on to Mazzako TV