अभिनेता पल शाह र निर्देशक प्रदिप भट्टराइले एकैसाथ शत्रु गतेमा काम गरेका छन् । यो फिल्म ब्लकबस्टर भयो । यो सिनेमा चलेपछि पल र प्रदिपले फेरि काम गरिसकेका छैनन् । तर, प्रदिपले निर्देशन गरेको जात्रै जात्रा फिल्म हेर्न पल भने पुगेका छन् । उनी राजधानीको बीग मुभिजमा पुगे । फिल्म हेर्न पुगेका पल प्रदिपसँग लामो समय गफिए ।

प्रदिप र पल लामो समय गफिदा दूई विच नयाँ फिल्मको कुरा त भैरहेको छैन भन्ने खालको अड्कल लगाइएको थियो । अभिनेता पल शाह र निर्देशक प्रदिप भट्टराइले लामो समयपछि भेट भएकाले गफ गरेको सुनाए ।

उनीहरुले पुरानो दिनमा काम गर्दाको क्षण संझिएका थिए । निर्देशक प्रदिपले अभिनेता अनमोल केसीसँग काम गर्ने चर्चा छ ।

For More videos Log on to Mazzako TV