घरमा डबल खुसी, रितेश देशमुख अब झनै ‘हसमुख’
अभिनेता रितेश देश्मुख अब झनै ‘हसमुख’ अर्थात खुशी हुने देखिएको छ । किनकी उनको घरमा अब छिटै नै खुसीको बर्षा हुदैछ,त्यो पनि सिंगल होईन पुरै डबल । रितेशकी पत्नी जेनेलिया डिसुजा आमा बनेर उनलाई सन्तान सुख दिदै छिन ।
यो त एउटा खुशीको खबर भयो तर अर्को खुशीको खबर के हो? भन्ने सोच्दै हुनुहुन्छ भने अर्को खुशी पनि पहिलेको जस्तै खबर छ । रितेशका भाइ धिरजकी पत्नी पनि प्रेग्नेट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यतिबेला रितेशको परिवारमा डबल खुशी छाएको छ ।
जेनेलिया प्रेग्नेन्ट भएकोले गर्दा नै रितेश आइफा एवार्ड समारोहमा भाग लिन एक्लै गएका छन् । पछिल्लो महिनामा जेनेलिया प्रेग्नेन्ट भएको खबर आउदा देश्मुख जोडीले उक्त कुरा नकारेका थिए ।
हालै मात्र एक पार्र्टीमा धिरज पत्नी हनीको बेबी बम्प हेर्दा उनी पनि प्रेग्नेन्ट रहेको कुरा सञ्चार माध्यममा आएको हो । हनी फिल्म प्रोडुसर बासु भगनानीकी छोरी हुन । रितेश र उनका भाई धिरजले २०१२ मा बिवाह गरेका थिए ।
For More videos Log on to Mazzako TV