अभिनेत्री बर्षा राउतको पहिरन विवाद सकिएको छैन । उनले जात्रै जात्राको विशेष शोको क्रममा अष्ट्रेलियामा लगाएको ड्रेसको बिबादबारे नेपाल आएर मुख खोलेकी छिन् । नेपाल आएपछि उनले जात्रै जात्राको विशेष शोमा नै यो बिषयमा बोलिन् ।

उनले, आफ्नो परिवार, आफन्त, साथीभाइ, दर्शक कसैलाई पनि यो कुराले असर नपारेको भन्दै यो बिषयमा बोल्न आवश्यक नरहेको बताएकी छिन् । बर्षाले यो कुरामा आफ्नो परिवार पनि मुछिएको भन्दै चिन्ता व्यक्त भने गरेकी छिन् । उनले, पति संगोग कोइरालादेखि आफ्नो आमा बुबा पनि ट्रोलमा जोडिनु राम्रो नभएको बताइन् ।

उनले, देशमा वाक स्वतन्त्रताको कुरा चलिरहेको समयमा ड्रेस स्वतन्त्रता पनि हुने भन्दै प्रश्न गरिन् ।

For More videos Log on to Mazzako TV