भदौ महिना लागेपछि नेपाली फिल्मको चहलपहल सुरु हुन्छ । नेपाली फिल्म रिलिज गर्न भदौ महिनामा निर्माता जोडतोड लगाउँछन् । यो बर्ष पनि भदौ महिनामा यस्तै छनक छ । भदौको ६ गते नै २ सिनेमा रिलिज हुँदैछन् । लभ यू हमेशा र जाइरा सिनेमा भदौ ६ मा आउँदैछन् ।

अहिलेसम्म मारुनी फिल्मले सोलो रिलिज हुने छनक देखाएको छ । भदौ १३ मा मारुनी फिल्म रिलिज हुन लागेको हो । तर, भदौ १३ मा अर्को कुनै फिल्म आउने अड्कल लगाइएको छ । भदौको २० मा अहिलेसम्म कुनै फिल्म छैन । तर, यो मिति पनि खाली नजाने अड्कल लगाइएको छ । भदौ २७ लाई पासवर्ड र हृदयभरीले मिति तोेकेका छन् ।

भदौमा तीजको बिदा हुन्छ । तर, फिल्म बनाउनेहरु रिलिजका लागि तछाड र मछाड नै गर्छन् ।

For More videos Log on to Mazzako TV