यो बर्ष गएको बर्षको तुलानामा नेपाली फिल्मको निर्माण कम छ । यो बर्ष निर्माण भैरहेका फिल्मको गती हेर्दा गएको बर्ष भन्दा धेरै नै कम हुने भएका छन् । यसैले पनि यो बर्ष कुनै महिना धेरै फिल्म त कुनै महिना सिनेमा नै नहुने अवस्था आएको छ । असार महिना लागेपनि नेपाली फिल्मको रिलिज सुस्ताएको छ ।

यो महिना निकै नै कम फिल्म मात्र रिलिजमा छन् । असारको १३ गते रिलिज हुन लागेको आप्पा र असारको २० गते रिलिज हुन लागेको फिल्म सानो मन बाहेक अरु निर्माता यो मितिमा नआउने देखिएको छ । असार महिनामा सिनेमा रिलिज गर्न निर्माता डराउनुको कारण पानी हो । असारमा झरी पर्ने भएकाले पनि दर्शकलाई हलसम्म जान कष्ट हुन्छ ।

यसैले पनि निर्माता फिल्म रिलिज गर्न डराउँछन् । तर, यो बर्ष सिनेमाको निर्माण नै कम भएकाले पनि असारमा सुनसान हुने देखिएको हो ।

For More videos Log on to Mazzako TV