अविवाहित अभिनेत्री नीता ढुंगानालाई अब भने बिहेको रहर पलाउन थालेको छ । अभिनेत्री ढुंगानाले आफूलाई अब बिहे गर्नुपर्छ भन्ने लाग्न थालेको बताएकी छिन् । नीताले राम्रो श्रीमान्को आशा राखेर ब्रत बसेको पनि लामै समय भैसकेको छ । तर, उनले खोजेजस्तो जीवनसाथी पाउन सकेकी छैनन् ।

अभिनेत्री ढुंगानाका अनुसार, अब उनलाई बिहे गर्ने सोच आउन थालेको छ । अबको २–३ बर्षमा बिहे गरिएन भने ढिलो हुन्छ भन्ने पनि नीतालाई लागेको छ । यसैले पनि नीता यो समयमा बिहे गर्ने योजना बुनिरहेकी छिन् ।

नयाँ नेपाली फिल्मको निर्मात्री बन्ने सोच बनाएकी नीताको योजना सफल हुन सकेन । नेपाली फिल्म चल्न छाडेपछि उनले तत्काल फिल्म बनाउने योजना पछि सारेकी हुन् ।

For More videos Log on to Mazzako TV