फिल्म ‘प्रेम गीत ३’ मा राजेश हमालले छाडेसंगै शिव श्रेष्ठ फाइनल भएका छन् । उनि प्रदीप खड्का ‘प्रेम’ र डेब्यु नायक मनिष राउतको बाबुको भूमिकामा रहने छन् । त्यस्तै मुख्य कलाकारमा सुनिल थापा समेत पक्का भएका छन् । राजेश हमाल हुने भनिए पनि २ महिना सम्म निर्माण टिमको समय लिएर अन्तत समय अभावको कारण जनाउदै उनले फिल्ममा नगर्ने भए । उनको स्थानमा शिव श्रेष्ठ राजा, बाबुको भूमिकामा देखिने छन् ।

यी कलाकारसंगै फिल्ममा सन्तोष सेन, प्रेम पुरी र पुस्कर कार्की समेत यस अघि नै फाइनल भएका छन् । फिल्मका लागि फिमेल लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन भैरहेको छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ यो फिल्म निर्देशन गर्ने छन् । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर पर्दशनमा आउने छ ।

For More videos Log on to Mazzako TV