नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध त सबैलाई थाहा नै छ । रियल जोडी रहेका प्रियंका र आयुष्मानले रील जोडीको रूपमा पहिलो पटक काम गरेको चलचित्र हो , प्रेमदिवस । दुईको रीयल जोडी त निकै चर्चित छ तर रील जोडीले भने अपेक्षित साथ पाउन सकेन ।

प्रियंका र आयुष्मानले चलचित्र प्रेमदिवसमा पहिलो पटक एक अर्काको अपोजिटमा काम गरेका हुन् । त्यसैले उनिहरुको लागि यो चलचित्र स्पेशल हुनपर्ने हो तर उनीहरूले यो चलचित्रको प्रमोशनका लागि धेरै समय दिएनन् । उनीहरू पक्कै ढुक्क थिए आफूहरूलाई हेर्न दर्शक आउँछन् भनेर तर त्यसो भएन ।

यो पटक उनीहरूलाई दर्सकले पत्याएनन् । चलचित्र हलमा त चल्यो तर खाली-खाली । दर्शकले मात्रै होईन यो पटक प्रियंका आयुष्मानलाई मल्टिप्लेक्सले पनि पत्याएनन् । पहिलो पटक रील कपल को रूपमा काम गरेका उनीहरूलाई हेर्न दर्शक उत्साहित देखिएनन् । सधै स्पेशल भूमिकामा देखिदै आएकी प्रियंकालाई प्रेमदिवसमा भने भरपुर देख्न सकिन्छ तर पनि उनलाई हेर्न दर्शकले हलसम्म जाने कष्ट गरेनन् ।

प्रियंका र आयुष्मान अहिलेका हिट कपल हुन् । उनीहरूका फ्यान र शुभचिन्तक मनङ्गे छन् तर पनि उनीहरुको चलचित्र दर्शक विना नै हलमा प्रदर्शन भइरहेको छ । के साँच्चै दर्शकले अब प्रियंका र आयुष्मानलाई पत्याउन छाडेका हुन् त ।

For More videos Log on to Mazzako TV