महानायक राजेश हमाल धेरै समयको अन्तराल पछि चलचित्र प्रेमगित ३ बाट दर्शक माझ आउने हल्ला थियो । चलचित्र टिमले पनि महानायक हुन सक्ने कुरा धेरै अगाडि बाट गर्दै आएको पनि हो र अन्तत नाम सार्वजनिक पनि गर्‍यो । तर नाम सार्वजनिक गरेको केही दिन पनि नहुँदै राजेश हमालले प्रेम गीत ३ नगर्ने भए ।

सफल चलचित्र प्रेम गीतको दोश्रो सिक्वेल प्रेम गीत ३ छायान्कन अघि बाट नै प्रतिक्षित बन्दै छ । चलचित्रमा धेरै नयाँ र पुराना कलाकार देखिने भएका छन् । प्रेम गीत र प्रेम गीत २ का प्रेम प्रेम गीत ३ मा पनि प्रेम नै रहनेछन् र उनका अलवा मनिष राउत यसै चलचित्र बाट डेब्यु गर्दै छन् । चलचित्रमा प्रदिप र मनिष दाजु भाई को भूमिकामा देखिदै छन् भने उनिहरुको बुवाको भूमिका राजेश हमालले गर्ने पक्क थियो ।

तर नाम सार्वजनिक गरे लगत्तै राजेशले आफ्नो सेडुल नमिलेको भन्दै चलचित्रमा काम गर्न नसक्ने बताए । छायाङ्कन नजिक पुगेको चलचित्र बाट राजेशले किन हात झिके त रु धेरैको जिज्ञासा छ । निर्माता सन्तोष सेन राजेशले चलचित्र टिमलाई धोका दिएको बताउँछन् । सेडुएल नमिल्ने कुरा त पहिल्यै थाहा हुन पर्ने हो भन्दै उनी महानायक सँग रुस्ट बने । राजेशलाई आखिर के ले वाध्य गरायो चलचित्र छोड्न ?

महानायक राजेश हमाल अहिले धेरै जसो रियालिटी सो हरुमा नै ब्यस्त छन । चलचित्र भन्दा उनलाई रियालिटी सोको होस्टिङ फापेको छ । शायद यसैले उनले प्रेम गीत ३ छोडेका हुन या आफुभन्दा जुनियरको अन्डरमा बसेर काम गर्न असजिलो महसुस गरेका हुन त्यो उनैलाई थाहा होला ।

For More videos Log on to Mazzako TV