यहि असार १३ गतेबाट प्रदर्शनमा आउँन लागेको फिल्म ‘आप्पा’ को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक गरिएको ‘साउने झरी’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र बाल कलाकार रोनीत सरकारलाई प्रस्ततु गरिएको छ । सार्वजनिक गीतमा उमेश उपमाको शब्द, निर्देशक अनमोल गुरुङ र शैकातको संगीत र विज्ञमा बराईलीको स्वर रहेको छ । सार्वजनिक गीतले बाबु छोरो माया प्रेम र यात्राको कथा बोल्छ ।

फिल्मलाई अनमोल गुरुङले लेखन तथन निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

फिल्ममा दयाहाङसंगै, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चा, बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV