जिल्ला अदालत, काठमाण्डौले हिन्दी फिल्म भारत बुधबार नै रिलिज गर्न दिनु भनेर जारी गरेको स्टे अर्डर खारेज गरेको छ । चलचित्र विकास बोर्डले अदालतलाई स्पष्टिकरण पत्र पठाएपछि स्टे अर्डर खारेज भएको हो । योसँगै अन्य विदेशी फिल्म पनि शुक्रबार मात्रै रिलिज हुने चर्चा चलेको छ ।

तर, यो स्टे अर्डर भारतका लागि मात्र हो । चलचित्र विकास बोर्डले ४ वटा बिदा बाहेक अन्य समयमा जुनसुकै भाषाको फिल्मलाई शुक्रबार रिलिज गर्नुपर्ने बताउँदै आएको थियो । तर, भारतलाई नेपालमा वितरणको जिम्मा लिएको बंैकेटस इन्टरटेन्मेन्टले अदालतमै मुद्दा हालेपछि अदालतले स्टे अर्डर जारी गरेको थियो ।

जसले गर्दा भारत बुधबार नै रिलिज भयो । चलचित्र विकास बोर्डले यो मुद्दाको किनारा लागेर एउटा फैसला आउने बताएको छ । अब, अन्य वितरकले यस्तै बिषयमा उजुरी हाल्न विकास बोर्ड नजाने बोर्डको विश्वास छ ।

For More videos Log on to Mazzako TV