गायक सुरज श्रेष्ठको आवाजमा ‘जिस्काउँछे मैयाँले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको यो गीत रमाइलो पाराको छ । गीतको भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको मोडलिङ छ ।

सरोज अधिकारीको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको छ ।

https://youtu.be/PoDKnadr-r0?t=115

For More videos Log on to Mazzako TV