अभिनेत्री नम्रता श्रेष्ठ प्रेममा छिन् । उनी व्यापारी दावा शेर्पाको प्रेममा छिन् । दावा र नम्रता प्रेममा रमाएको केही बर्ष भयो । दावा र नम्रताको प्रेम खुल्ला किताब झै भैसकेको छ । उनीहरुले प्रेमलाई लुकाएका पनि छैनन् ।

दावा नम्रताको सुख र दुखमा साथ दिदै आइरहेका पनि छन् । यसैमा, अभिनेत्री नम्रता श्रेष्ठले भने तत्काल आफ्नो बिहेको कुनै योजना नभएको बताएकी छिन् । आफ्नो ३३ औं जन्मदिनमा उनले बिहे गर्ने सोच अहिले नभएको बताइन् ।

उनले, आफूलाई अझै पनि केही राम्रा फिल्ममा काम गर्नु रहेको भन्दै बिहेको योजना नबनाएको बताइन् ।

For More videos Log on to Mazzako TV