आजबाट अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेको प्रेमदिवस सिनेमा रिलिज भएको छ । तर, यो सिनेमाको ओपनिङ फितलो भएको छ । योगेश घिमिरेले निर्देशन गरेको यो फिल्मलाई त्रिकोणात्मक प्रेमकथामा तयार पारिएको छ ।

फिल्ममा प्रियंका, आयुष्मान र नयाँ कलाकार विशाल खरेलले काम गरेका छन् । तर, यो सिनेमा हेर्न सिंगल र मल्टिप्लेक्समा दर्शक नै छैनन् । सिनेमाको प्रचार कमजोर हुनु, आयुष्मान र प्रियंकाको क्रेज घट्नुले पनि दर्शक नआएको वुझ्न सकिन्छ । प्रियंका र आयुष्मानले अत्याधिक म्यूजिक भिडियो खेल्दा उनीहरुलाई सिनेमामा हेर्ने दर्शक घटिसकेका छन् ।

For More videos Log on to Mazzako TV